बन्द सि–म्याक्स खुल्दै

इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका स्थित पाँच बर्ष अगाडि बन्द भएको सि–म्याक्स इण्डडिष्ट्रज पुन ः सञ्चालनमा आउने भएको छ ।  चिनियाँ नागरिक मिस्टर चाङ्गको लगानीमा स्थापित उद्योग कोभिड १९ अगाडि बन्द भएको् थियो । उक्त उद्योगका पार्टनर मिस्टर से अवैध जडिबुटी काण्डमा गिराÏतार भएर जेल गएपछि उद्योग पूर्ण रुपमा बन्द भएको हो । चैत्र महिनामा हाल जेलबाट छुटिसकेका...

तिक्तता र मनमुटाव विर्सन आग्रह

इलाम । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई आपसी तिक्तता, मनमुटाव विर्सेर वैसाख १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा होमिन आग्रह गर्नुभएको छ । उप निर्वाचनको प्रचार प्रसारका क्रममा सोमबार इलाम पुग्नु भएका कोइरालाले भन्नुभयो नेपाली काँग्रेस कमजोर छैन । काँग्रेसले निर्वाचन जित्न कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यकता छैन । काँग्रेस कमजोर छैन भन्ने प्रमाणित...

नैतिक हराम गृहमन्त्रीले पदमा बस्न मिल्छ ?

नेपालीमा नैतिक हराम गृहमन्त्रीले पदमा बस्न मिल्छ ? उनका सहकारी ठगीका फेहरिस्त एकपछि अर्को सार्वजनिक भइसकेको अवस्थामा वर्तमान पुष्पकमल दाहाल नेतृत्वको् सरकारले लामिछानेलाई महत्वपूर्ण मन्त्रालय दिएर कारबाही गर्नुको सट्टा पुरस्कृत गर्नुले सरकार नैतिक हरामहरुको झुण्ड भएको पुष्टि भएको छ । गृहमन्त्रीको जिम्मेवारी पाउनु भन्दा अगाडि प्रतिपक्षी दलको हैसियतले तिनै लामिछनेले संसदको रोष्ट्रममा उभिएर भनेका थिए, भ्रष्टहरुलाई कारबाही गर्ने मुटु सरकारको...

मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु चिवाभन्ज्याङ गणेशचौक सडक दुई बर्ष भित्र सम्पन्न हुने

पाँचथर (फिदिम) । नेपालको गौरवको आयोजना अन्तर्गत रहेको मध्य पहाडी लोकमार्गको उद्गम विन्दु भारतको सिक्किम राज्यसँग सीमा जोडिएको पाँचथर जिल्लाको चिवाभन्ज्याङ्ग गणेश चौक सडक आगामी २०८२ पौष मसान्त सम्ममा पूर्ण रुपले कालोपत्रे हुने भएको छ । उक्त सडकले मेची राजमार्गको गणेशचौक छुन्छ भने तमोर करिडोरको सुभाङ्ग खोलाबाट १९ किमी अगाडि मेची राजमार्गकै गणेश चौकलाई छुन्छ । रानी विराटनगरबाट तमोर करिडोरको लावरबोटे (मुलघाट)...

शिक्षा र स्वास्थ्यमा निरन्तर सहयोग भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस प्रदान

काठमाण्डौ । नेपालमा भारत सरकारको अन्य क्षेत्रहरुमा झै शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग रहँदै आएको छ । पछिल्लो पटक वैसाख २ गते आइतबार भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको छ । भारतीय राजदुतावास काठमाण्डौमा आयोजित एक विशेष समारोहबीच ३५ वटा एम्बुलेन्स र ६६ वटा बसहरु उपहार स्वरुप प्रदान गरिएका...

कुम्भ मेलामा शाही स्नान : हजारौको सहभागिता

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका(१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको पहिलो शाहीस्नान सम्पन्न भएको छ । बैसाख १ गते नयाँ वर्षको शुभसाइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाहीस्नान गरिएको हो । जगदगुरु बालसन्त मोहनशरण देवाचार्यसहित साधुसन्तहरूले बराहक्षेत्रस्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन् । शाही स्नानमा सहभागीहरु उत्साहित देखिएका थिए । सबै क्षेत्रबाट सहभागी शाही स्नान अघि...

कुम्भ मेलामा जगतगुरु रामानन्द सेवा पीठद्वारा छुट्टै कार्यक्रम

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा चैत्र २७ गतेबाट १२ बर्षे पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ । सोही अवसर पारेर जगतगुरु रामानन्द सेवा पीठ एवम् महायोगी सिद्ध बाबा आत्यात्मिक प्रतिष्ठानले भने छुट्टै कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा श्री वागेश्वरधाम सरकारको आगमन हुने भएको छ । कुम्भ मेलाकै अवसर पारेर कृष्णदाश महाराज संलग्न रहेको यो प्रतिष्ठानले कुम्भ मेलाको...

पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका– ९ बाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार सोही स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका– २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको...

छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी–११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा...

नयाँ बर्षमा विजयपुर क्षेत्रका मन्दिर भीडभाड

धरान । पुरानो बर्ष २०८० सकिएर नया बर्ष २०८१ मा प्रवेश गरेको छ । नयाँ बर्षमा सबैले नयाँ नयाँ कामको थालनीसँगै पारिवारिक शान्तिको कामना समेत सबैले गरेका छन् । यसदिन परिवार, साथीभाई, प्रेम गरेका नयाँ जोडी तथा विवाहित जोडीहरु रमाइला ठाउँ घुम्न जाने गर्छन् । तर केहीले भने नयाँ बर्षमा मन्दिर दर्शन गर्ने अनि दिउँसो घुम्न जाने योजना बनाएका छन्...